Call Now +977-9856083084

Our Location Annapurna Rural Muncipality-10, Ghandruk, Kaski

विद्यालयको ऐतिहासिक पृष्ठभूमि

समाज विकासको अवस्थालाई हेर्दा करिब तीनसय वर्ष अघिदेखि घान्द्रुकमा मानिसको बसोबास हुदैँ आएको पाइन्छ । वि.स. २००६ सालमा स्व.धीरबहादुर गुरुङ्ग ज्यूको पहलमा मेश्रम बराह मिडल स्कूल स्थापना भयो । यति बेला विद्यालयका संस्थापक सभापति स्व.धीरबहादुर गुरुङ्ग हुनुहुन्थ्यो ।

त्यतिबेला घान्दु्क वरिपरिका गाँउ पञ्चायतहरुमा कहि पनि स्कुल स्थापना भएका थिएनन् । घान्द्रुकमा मेश्रम बराह मिडल स्कुल स्थापना भएपछि वरिपरिका गाँउ पञ्चायतबाट घान्द्रुकमा इष्टमित्रमा घरमा बसि पढ्न आउने विद्यार्थीहरु पनि थिए । सबैमा शिक्षाको ज्योति बाल्ने काम यो विद्यालयले ग¥यो । तत्कालिन अवस्थाको संस्थापक प्र.अ.स्व.वीरबहादुर गुरुङ्ग ज्यू तौलु हुनुहुन्थ्यो । जसले घान्दु्क गाउँमा औपचारिक शिक्षाको ज्योति फैलाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पछि विद्यालयको सभापतिको रुपमा लामो समयसम्म स्व.लक्ष्मण गुरुङ्ग ज्यूले संचालन गर्नुभयो । उहाँले करिब ८ रोपनी जग्गा विद्यालयलाई भूमिदानको रुपमा उपलब्ध गराउनुभएको थियो ।

हाल ललितपुर निवासी रामलाल श्रेष्ठज्यूले पनि २००६ सालदेखि २०१६ सालसम्म शिक्षक तथा पछि प्र.अ.भै काम गर्नुभएको थियो । त्यतिबेला विद्यालयको लागी सरकारी अनुदानको रुपमा वार्षिक रु ३०० प्राप्त हुन्थ्यो । त्यो रकम स्याङ्गजा, नुवाकोट गएर ल्याउनुपर्ने हुन्थ्यो । रकम ल्याउने काम तत्कालिन सचिव सिहंराज गुरुङ्गले गर्नुहुन्थ्यो । सो रकम समितीका कोषाध्यक्ष ज.डम्बर सिं गुरुङ्ग ज्यूलाई बुझाइन्थ्यो र रकम शिक्षकलाई तलबको रुपमा वितरण गरिन्थ्यो ।

वि.स. २०११/१२ सालमा आएर त्यतिबेलाको विद्यालय भवन भत्काई हालको एक्याप अफिस भएको अग्लो डाँडामा सार्बे योजना बन्यो । भवन निर्माण नभइन्जेल पढाउने काम कहिले मरिचमान गुरुङ्गज्यूको घरमा र कहिले राहुल्धुँको चौतारामा गरिन्थ्यो । कोरमैदानको अग्लो डाँडाको आधा भाग फोरेर अँग्रेजी आकारका गाँउतिर फर्किएको भवन बनाइएको थियो । त्यो डाँडा फोर्ने क्रममा स्थानिय व्यतिहरु सबैको श्रम र मेहनत रहेको थियो । 

मेश्रम बराह मिडल स्कुल संचालनको क्रममा वि.स. २०१४ सालमा शिक्षको रुपमा घान्दु्क कै वि.स.२००६ सालमा एस.एल.सी. पास गर्ने पहिलो व्यति तत्कालिन अमरबहादुर गुरुङ्गज्यूले विद्यालयमा नियुतिm लिई प्र.अ.कै रुपमा पनि काम गर्दै आउनु भएको थियो । त्यसपछि मात्र विद्यलायमा कक्षा छुट्याएर पढाउने परिपाटिको शुरुवात भयो । वि.स. २०१८ सालबाट हेम्जा निवासी ईश्वरीशरण त्रिपाठीज्यूले विद्यलायको नि.मा.वि. तहको प्रधानाध्यापक भै काम गर्नुभएको थियो । त्यतिबेला विद्यलायको सभापतिको रुपमा तत्कालिन प्रधानपञ्च मिनबहादुर गुरुङ्ग हुनुहुन्थ्यो ।

वि.स. २०२२/२३ सालतिर अनिवार्य रुपमा शिक्षा लागु भएको थियो । सबै केटाकेटीलाई पढाउनुपर्छ भनी त्यतिबेलाका शिक्षक तथा समितीका व्यतिmहरु गाँउ–गाँउमा गएर केटाकेटीहरुलाई बटुली सबैलाई अनिवार्य पढ्न लगाउने काम पनि भएको थियो भन्ने कुरा तत्कालिन शिक्षक चकबहादुर गुरुङ्गज्यूको भनाई रहेको छ । त्यतिबेला विद्यालयलाई जुनियर हाई स्कुल बनाउन शिक्षक बासुदेव पौडेललाई प्रधानध्यापकको रुपमा काम गर्ने प्रयास गरियो तर काम पुरा भएन ।

वि.स. २०२६/२७ सालमा फेरि तत्कालिन प्र.अ. कृष्णबहादुर गुरुङ्गको पालामा उहाँकै पालामा जुनियर हाई स्कुल स्थापनाको पुन प्रयास गरिएको थियो त्यो कार्य पनि पुरा हुन सकेको थिएन । त्यतिबेला कक्षा ८ सम्म सञ्चालन हुदैँ आएको थियो । प्र.अ. तुलसीप्रसाद पोख्ररेलज्यूको कार्यकाल वि.स. २०२७/२८ को शुरुमा विद्यालयको सभापति मिनबहादुर गुरुङ्गज्यू र अन्य सदस्यहरुमा डम्बरसिहं गुरुङ्गज्यू, टेकबहादुर गुरुङ्गज्यू, सिहंराज गुरुङ्गज्यू, नक्कलबहादुर गुरुङ्गज्यू, अमरसि गुरुङ्गज्यू हुनुहुन्थ्यो ।

वि.स. २०२९ सालमा आएर तत्कालिन प्रधानपञ्च धीरबहादुर गुरुङ्गज्यू पुन विद्यालयको सभापतिमा चयन हुनुभयो । वि.स. २०३१/९/१ देखि पर्वत जिल्लामा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भयो त्यसपछि सञ्चालन हुदैँ आएको कक्षा ८ हटाई ७ कक्षासम्म मात्र कायम गरियो । मिति २०३२/०८/२६ मा घान्दु्क गाउँ पञ्चायत पर्वत जिल्ला सभापति भै सिंहराज गुरुङ्गज्यूले काम गर्न सुरु गर्नुभएको थियो भन्ने कुरा तत्कालिन प्र.अ.तुलसीप्रसाद प्रोख्रेलज्यूबाट बुझिन्छ । 

वि.स. २०३१/११/१६ गतेको विद्यालय समितिको निर्णय अनुसार बखतमान गुरुङ्गको अध्यक्षतामा १७ सदस्यीय भवन निर्माण समिती गठन गरि जि.मु.कृष्णलाल गुरुङ्ग र टेकबहादुर गुरुङ्गलाई भवन निर्माण गर्ने जिम्मा दिइएको थियो । गाउँतर्फ फर्काएर बनाइएको पूर्व भवन भत्काई ८ कोठे लामो भवन बनाउने योजना अनुरुप भवन निर्माण गर्न भू.पु. सैनिकहरुबाट चन्दा संकलन गरि संकलित रु ६०,००० र स्थानिय व्यतिmहरुको श्रमदान लिई नयाँ भवन निर्माण गर्ने काम गरिएको थियो । यसरी भवन निर्माण गर्दा त्यहाँ पहिला फोर्न बाँकी रहेको डाँडा फोर्ने र सम्याउने काममा सु. अमरसिहं गुरुङ्ग, सिहंराज गुरुङ्ग, अमरबहादुर गुरुङ्गको पहलमा महत्वपुर्ण रहेको थियो भने परिश्रम र योगदान रहेको थियो । मिति २०३२/१०/११ बाट पृथ्वीनारायण शर्माज्यूले प्र.अ.भई काम गर्नुभयो । 

यही क्रममा मेश्रम बराह मिडल स्कुललाई मा.वि.तहमा विस्तार गर्ने सोचमा तत्कालिन प्र.अ. पृथ्वीनारायण शर्मा र समितिका पदाधिकारीहरु र स्थानीय बुद्धिजिविहरु पनि लागेका थिए । वि.स. २०३२/१०/१८ गतेदेखि ३१ जना विद्यार्थीहरुसहित कक्षा ८ संचालन गरि विद्यालयलाई प्रस्तावित मा.वि को रुपामा संचालन गर्ने जमर्को गरियो र मिति २०३२/१०/१८ गतेदेखि विद्यालयको कार्यभार तोयनाथ पौडेलज्यूले सम्हाल्नुभयो । २०३४ चैतमा कक्षा ८ संचालन गर्न अस्थायी अनुमति प्राप्त भयो ।

मिति २०३५ सालबाट अमरबहादुर गुरुङ्ग विद्यालय व्यवस्थापन समितीको अध्यक्ष हुनुभयो । विद्यालयका प्र.अ. तोयनाथ पौडेलज्यू अध्यक्ष अमर बहादुर गुरुङ्गज्यू, तत्कालिन प्रधानपञ्च बखतमान गुरुङ्गज्यू जि.प.स. मीनबहादुर गुरुङ्गज्यूको सहितको सक्रियतामा मा.वि. को स्थायी स्वीकृतिका लागी महत्वपूर्ण कार्यको थालनी भयो । यसमा तत्कालिन पूर्व माननीय शिक्षामन्त्री पशुपति शमशेर राणाज्यू कास्कीको लाहाचोक आउँदा शिक्षाप्रेमी राधेश्याम कमारोज्यूको माध्यमबाट मन्त्रीसगँ विद्यालयका उल्लेखित व्यतिmहरुसगँ भेट गराई विद्यालयको मा.वि.को स्थायी स्वीकृतीको लागी माग राख्ने काम भयो । त्यसपछि काठमाडौँमा गई शिक्षामन्त्रीसगँ भेटी स्थायी स्वीकृतिको लागी पहल भयो । यस काममा पूर्व रा.पं.स. जनकराज चालिसेको पनि सहयोग रहेको थियो भन्ने बुझिन्छ । 

मा.वि. स्थायी स्वीकृतिको लागी रु ६०,००० जिल्ला शिक्षा समितीको नाममा नेपाल बैक लिमिटेडमा तत्कालै जम्मा गर्नुपर्ने अवस्था आएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसि अध्यक्ष अमरबहादुर गुरुङ्गज्यू, प्र.अ. तोयानाथ पौडेलज्यू, जि.पं.स.मिनबहादुर गुरुङ्गज्यू, प्रधानपञ्च बखतमान गुरुङ्गज्यू, लगायत त्यतिबेलाको समितिका सदस्यहरु, कृष्णलाल गुरुङ्गज्यू, चकबहादुर गुरुङ्गज्यू, चीजबहादुर गुरुङ्गज्यू, शंकरबहादुर गुरुङ्गज्यू, सु.अमरसिं गुरुङ्गज्यू, सिहंराज गुरुङ्गज्यूको पहलमा आफुहरु  स्थानीय शिक्षाप्रेमीहरु, अभिभावकहरुबाट तत्कालै रु ६०,००० रुपैयाँ संकलन गरी बैँकमा जम्मा गरिएको थियो ।

जसको फलस्वरुप २०३५/९/१६ मा कक्षा ८ र ९ र मिती  २०३५/९/१८ मा कक्षा १० सञ्चालन गर्नको लागी स्थायी स्वीकृत प्राप्त गर्यो । घान्दु्कमा मा.वि. स्थापना भइसकेपछि स्थानीय व्यतिmहरु मा.वि. तहको अध्ययन गर्न बाहिर जान परेन र त्यतिबेला वरिपरिका गाउँहरुमा माध्यमिक विद्यालय स्थापना नभएको हुदाँ पर्वत, देउपुर, भुक, कास्कीका सल्यान, लुम्ले, तोल्का, लान्दु्रक, काडेँ, दाङसिङ, साबेत, मोहरिया, धम्पुस, ल्वाङघलेबाट माध्यमिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरु यस विद्यालयमा आउने गर्थे । 

यही क्रममा २०३५/३६ सालमा विद्यालयले कि.न.६९ र ७० नं.को जग्गा खेलकुद मैदानको रुपामा किन्ने काम ग¥यो । २०३५ सालमा सु.अमरसिह गुरुङ्गज्यूको अध्यक्षतामा थप २ कोठा निर्माण गर्न निर्माण समिति गठन भई चन्दा संकलन गरी कोठा थप गरियो । वि.स. २०३६ सालबाट विद्यालय एस.एल.सी. परिक्षामा सम्मिलित भयो । २०३७ र २०३८ सालको एस.एल.सी परीक्षामा राम्रो सफलता प्राप्त हुन सकेन । त्यसपछि २०३९ सालको एस.एल.सी. परीक्षामा सम्मिलित ५ जना विद्यार्थी शत प्रतिशत उतिर्ण हुन सफल भए । 

विद्यालयको आयआर्जन बढाउन २०४१ सालदेखि विद्यालय कम्पाउन्ड भित्र पर्यटकहरुलाई पाल टागीँ बस्न दिने गरियो, जसबाट केही आय आर्जनको बाटो खुल्यो । जुन कामबाट प्रोफेसर तोमिओ ओजावासगँ विद्यालयको सम्बन्ध जोडियो । प्रोफेसर तोमिओ ओजावासगँ (जापनिक नागरिक) सम्बन्ध कायम गर्न तत्कालिन प्र.अ. तोयनाथ पौडेलज्यूको महत्वपूर्ण भूमिका रहेको थियो । वि.स. २०४०/४१ सालमा यस विद्यालयबाट जिल्ला स्तरिय वीरेन्द्र शिल्ड प्रतियोगितामा विद्यार्थीहरुले भाग लिई भलिबल खेलमा प्रथम स्थान हासिल गरेका थिए । 

वि.स. २०४२ सालमा हालको एक्याप अफिस रहेको ठाउँको १० कोठे भवन भत्काई त्यहाँबाट हाल भवन भएको ठाउँमा निमार्ण गर्न व.सुनबहादुर गुरुङ्गज्यूको अध्यक्षतामा १५ सदस्यीय भवन निमार्ण गरियो । यो भवन निमार्ण गर्न तामागावा विश्व विद्यालयबाट रु २,००,००० स्थानीय जनताको सक्रियताबाट रु ४०,००० भू.पु. अध्यक्ष स्व.धीरबहादुर गुरुङ्गबाट रु ५००० गोर्खा १/२ जी आर  बाट संकलित चन्दा रु ५७३५ र घान्दु्क निवासी लक्षीन कुमारीबाट  रु ५०० को सहयोग भएको थियो । 

पूर्व प्रधानपञ्च डिलमान गुरुङ्गको पहलमा बनेको दुइतले प्रा.वि. भवनलाई २०४३ सालमा ज.सुनबहादुर गुरुङ्गज्यू तत्कालिन समिति सदस्य समबहादुर गुरुङ्गज्यू र तत्कालिन शिक्षकहरुले समेत तिहारमा भैलो खेली उठाएको रकम रु २५,६५२ खर्च गरि पुरानो दुइतले भवनलाई मर्मत सम्भार गरी एक तलामा रुपान्तरण गरिएको थियो । वि.स. २०४४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र विद्यालयबिच ३० वर्षे सम्झौता भई विद्यालयको माथिल्लो डाँडाको जग्गा भाँडामा दिइएको थियो । वि.स २०४४ सालबाट एक्याप कार्यलयबाट यस विद्यालयमा संरक्षण शिक्षा पढाउने काम सुरु गरियो ।

वि.स. २०४५/६/१२ मा प्रोफेसर तोमिओ ओजवा मार्फतबाट एमाजी कल्चरल फण्डद्धारा गरिएको सहयोग रु ४९,०२,०० प्राप्त भई उतm रकम वाण्ज्यि बैँकमा मुद्दती खातामा राखी त्यसबाट प्राप्त ब्याज शिक्षकहरुलाई मासिक थप सुविधाको रुपमा उपलब्ध गराइदै आएकोमा २०५१ सालबाट उतm रकम निजी लगानीमा लगाई उतm ब्याजबाट शिक्षक तथा कर्मचारीहरुलाई थप सुविधा दिदै आइरहेको थियो । प्रो.ओजावाकै पहलमा तामागावा गाकुन छात्रवृति कोष स्थापना भयो । वि.स. २०४७/१२/१३ गतेदेखि प्रधानध्यापकको जिम्मेवारी कृष्णप्रसाद पौडेलले लिनुभयो ।

२०४८/११/१३ गते विद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन भई यसले आफ्नो गतिविधि संचालन गर्दै आएको छ । सर्कल गठनमा तत्कालिन शिक्षक टेकनाथ गौतमको महत्वपूर्ण भुमिका रहेको थियो । २०४९/१/११ देखि २०५९ साउनसम्म विद्यालय संचालन समितिको अध्ययनको रुपमा चीजबहादुर गुरुङ्गज्यूले काम गर्नुभयो । ओजावाकै पहलमा यामाजी कल्यान फण्ड  जापानबाट विद्यार्थीको मासिक शुल्क निशुल्कको लागी मिति २०४८/१२/०७ र  २०४९/०९/११ म रु ७,८०,००० रकम प्राप्त भै वि.स. २०५० सालको जेठबाट कक्षा ६ देखि १० सम्म सरकारले निशुल्क गर्नुअघि नै यस विद्यालयले मासिक शुल्क गर्दै आयो ।

२०४८ साल देखि एस.एल.सी परिक्षामा प्रथम श्रेणीमा उर्तिण हुने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने व्यवस्थाको थालनी गरियो । २०५० सालमा मा.वि. तर्फ तिन कोठे र २०५१ सालमा प्रा.वि.तर्फ तिन कोठे शौचालय एक्याप र विद्यालय मिलेर निर्माण गरियो । विद्यालयमा विद्यार्थीहरुको पढाइमा सुधार गर्न प्रा.वि.तहमा निजी स्रोतबाट शिक्षक राख्ने काम २०५२ सालबाट सुरु गरियो । यसैगरि प्रो.ओजावा कै पहलमा इन्टरनेशनल सोरो पोटोमिष्ट सासेवो र फुजियो ओगताकको क्रमश मिति २०५३/०८/०३ र २०५४/१२/२६ मा रु ७,९०,३९० र १,८४,००० को आर्थिक सहयोग भई मिति २०५३/०५४ सालमा शिक्षक आवासको रुपामा ६ कोठे भवन निमार्ण गरियो ।

उतm भवन निर्माण गर्न तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चीजबहादुर गुरुङ्गज्यूको अध्यक्षतामा ९ सदस्यीय भवन निर्माण समिति गठन भई निर्माण कार्य सम्पन्न भएको थियो । २०५३/०२/२६ को सम्झौता अनुसार तत्कालिन मुनाल युवा क्लबले विद्यालय कम्पाउण्ड भित्र बास्केटबल खेल्ने मैदान निर्माण गरेको थियो । त्यसैगरी २०५७/०३/०८ मा हालको टिनको छाना भएको १२ कोठे भवन मध्ये पूर्वतर्फको तीनकाठे भत्काई पक्की तिनकोठे भवन निर्माण गर्न चिजबहादुर गुरुङ्गकै अध्यक्षतामा ११ सदस्यीय निर्माण समिति गठन भएको थियो ।

जसका लागी साउथ हाई स्कुल जापानले मिति २०५३/१२/११ म रु ५,२३,२५० रुपैयाँ आर्थिक सहयोग गरेको थियो र थप नपुग रकम विद्यालयले आफ्नो कोषबाट खर्र्च गरेको थियो । मिति २०५९ भदौ २५ गतेबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा तीलबहादुर गुरुङ्गज्यूले काम गर्नुभएको थियो । साथै मिति २०६०/०६/०८ बाट शिक्षक अभिभावक संघको अध्यक्षको रुपमा शंकरबहादुर गुरुङ्गज्यूले काम गर्नुभएको थियो । त्यस्तैगरी आफ्ना स्वर्गीय पिता टेकबहादुर गुरुङ्ग तथा माता चन्द्रकुमारी गुरुङ्गको स्मृतिमा घान्दु्रक–४ बस्ने छोरा ललितमान गुरुङ्गबाट विद्यालयमा १२,००० लिटर क्षमताको पानी टकंी निर्माण गर्न मिति २०६२ साल अघि माघ महिनामा रु १,०५०,१० सहयोग भई हालसम्म विद्यालयमा खानेपानीको सहज आपूर्ति भएको छ ।

मलेशियन गुरु गुरु आनन्द लामा, विष्णु गुरुङ्ग र रोटरी क्लब अफ पोखराको मध्यस्थतामा रोटरी क्लब ताइपेइ चिन्तान र सानसेइबाट आर्थिक सहयोग भई विद्यालयमा मिति २०६४/०८/०८ मा २० थान कम्प्युटर प्राप्त भएको थियो । त्यसैगरी क्या.भुवन सिं गुरुङ्ग को पहलमा गोर्खा वेलफेयर स्कीम पोखराको आर्थिक सहयोगमा २०६४ फागुन महिनामा प्राप्त रु १५०००० र २०६५ वैशाखमा मानवीय स्रोत विकास केन्द्र नेपाल र रुम टु रीड पोखराको फर्निचर तथा पुस्तकहरु सहयोग भई विद्यालयमा पुस्तकालय निर्माण गरिएको थियो । 

प्रोफेसर ओजावाकै पहलमा MR. FUMIO FURUYA, MR. FUMITAKA FURUYA, DR. KROKO KOBAYAS HI बाट २०६३/०६४ सालमा रु ४,६७,५०० आर्थिक सहयोगमा हालको खेल मैदानको सिमानामा जोडिएको कि.ल.७२ र ७४ को करिब साढे तिन रोपनी जग्गा विद्यालयले आफ्नो नाममा पास गरेको थियो । विद्यालयको हप्ताभित्र चमेना गृहको आवश्यकता महसुस भई मिति २०६४/१०/१ गतेदेखि विद्यालयमा चमेना गृह संचालन हुदैँ आएको छ । 

वि.स. २०६५ सालमा विद्यालयले आफ्नो स्वर्ण जयन्ती भव्यताका साथ मनाएको थियो । वि.स. २०६७/०४/२७ देखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चकबहादुर गुरुङ्गज्यूले काम गर्नुभएको थियो । त्यस्तै २०६७/०४/२७ देखि शिक्षक अभिभावक सघंको अध्यक्षमा प्रविन गुरुङ्ग छनोट हुनुभएको थियोे । वि.स. २०६९/०२/१७ गतेबाट माध्यमिक तह गणित शिक्षक रामेश्वर सुवेदी प्रधानध्यापकको जिम्मेवारीमा रहनुभएको थियो । गोर्खा वेलफेयर स्किमको आर्थिक सहयोगमा विद्यालयमा दुईकोठे ट्रष्ट भवन निर्माण सम्पन्न भयो । आर्थिक वर्ष २०७४/७५ मा निर्माण सम्झौता भई चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । सो भवन जिल्ला शिक्षा कार्र्यलयको रु ३६,००,००० आर्थिक सहयोगमा निर्माण सम्झौता भएको थियो र नपुग रकम तिस लाख विद्यालयमा कक्षा ११/१२ सञ्चालानार्थ गठित अर्थ संकलन समितिले उपलब्ध गराएको थियो ।

 मिति २०७२/११/१२ देखि विद्यालयको विद्यालय व्यवस्थान समितीको अध्यक्षतामा उज्जवल गुरुङ्ग रहनुभएको थियो । त्यसैगरी सोही मितिबाट शिक्षक अभिभावक संघको अध्यक्षतामा राजेन्द्र गुरुङ्ग रहनुभएको थियो । वि.व्य.स.अध्यक्ष उज्जवल गुरुङ्ग को समितिका सदस्य जगन बहादुर गुरुङ्गले कार्यवहाक अध्यक्षको जिम्मेवारी लिनुभएको थियो । मिति २०७५ भाद्र ३१ गतेबाट मे.ललित बहादुर गुरुङ्ग विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभयो । 

देशको शिक्षा निति परिवर्तन भई कक्षा १२ सम्म विद्यालय तहमा समावेश गरियो । साथै १–८ आधारभूत तह र ९–१२ माध्यमिक तह हुन पुग्यो । मेश्रम बराह माध्यमिक विद्यालयमा पनि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गर्न वि.स. २०७४ मा कक्षा ११ को अनुमति लिई तत्कालिन व्यवस्थापन संकायबाट कक्षा सुरु गरियो । पछि २०७५ मा शिक्षा संकाय समेत थप गरी व्यवस्थापन र शिक्षा दुवै संकायमा कक्षा १२ सम्मको पठनपाठन सुरु गरियो । कक्षा १० सम्म सरकारी दरबन्दी रहेता पनि कक्षा ११/१२ सबै निजि स्रोतमा नै सञ्चालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै क्या.कमल गुरुङ्गको संयोजकत्वमा अर्थ संकलन उप समिति गठन गरियो । उकत उप समितिले घान्दु्क गाउँ, स्वदेश, विदेशमा रहनुभएका शिक्षाप्रेमीहरुबाट चन्दा संकलन गरि हालसम्म पनि कक्षा ११/१२ सञ्चालनमा विशेषगरी शिक्षक तलब भतामा आर्थिक सहयोग गर्दै आउनुभएको छ । त्यसैगरी कक्षा ११/१२ लाई व्यवस्थित रुपमा सञ्चालन गर्न अनुगमन तथा मूल्याङ्गकन उप समिति ५ सदस्यीय गठन गरिएको छ । जसको संयोजकमा कृष्ण गुरुङ्ग हुनुहुन्छ । 

वि.स. २०७६/०४/१५ गतेदेखि विद्यालयमा माध्यमिक तहका विज्ञान शिक्षक यम प्रसाद भण्डारी प्रधानध्यापकको जिम्मेवारीमा हुनुहुन्छ । वि.स.२०७६/०७७ मा राष्ट्रिय पुन निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यन्वयन इकाई कास्कीको आर्थिक सहयोगमा करिब ७,००,००० को चारकोटे पक्की भवन र करिब १५,००,००० को तिनकोटे पक्की शौचालय निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट २०७६ मा कम्प्युटर व्यवस्थापन रु ६,५०,००० र २०७७ मा विज्ञान प्रयोगशाला व्यवस्थापन रु ६,५०,००० र २०७९ मा पुस्तकालय व्यवस्थापन रु ६,५०,००० अनुदान उपलब्ध भई कार्य सम्पन्न भई सकेको छ । मे.ललित गुरुङ्ग को विशेष पहलमा EduTech Nepal र रोटरी क्लब पोखराको संयुक्त सहयोगमा वि.स. २०७७ देखि २ वटा सर्भर सहितको २० वटा कम्प्युटर भएको कम्प्युटर ल्याब सञ्चालनमा छ । त्यसैगरी २०७८ सालदेखि CAIRN Trust को सहयोग र पहाड ट्रष्ट व्यवस्थापनमा पर्याप्त सहितको लाईब्रेरी सञ्चालनमा रहेको छ । 

शिक्षक आवासको निम्ती प्रोफेसर तोमिओ ओजावाको सहयोगमा निर्मित ६ कोठे भवनको छाना भत्किएर जीर्ण अवस्थामा पुगेपछि वि.व्य.स. अध्यक्ष मेजर ललित बहादुर गुरुङ्गको विशेष सक्रियतमा Hands Together को सहयोगमा भवनको छाना फेर्ने तथा पुननिर्माण गर्ने कार्य सम्पन्न भएको छ । विद्यालय हाताभित्र जथाभावी गाई, भैसीँ, घोडा। खच्चड जस्ता पशु चौपाया छोड्ने प्रवृतिले विद्यालय हाता फोहोर तथा दुर्घन्धित हुन थाल्यो । विद्यालय कम्पाउण्ड घेरावार नहुँदा यो समस्या आइपर्न थाल्यो, त्यसैले वि.स. २०७८मा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको रु ३०,००० तथा अध्यक्ष मे.ललित बहादुर गुरुङ्गको चन्दा संकलन गरी रु ३,००,००० जुटाई जम्मा रु ६,००,००० मा विद्यालय कम्पाउण्ड घेराबार गरिएको छ । वि.स. २०७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु १८,००,००० को दुईकोठे ट्रष्ट भवन निर्माण सम्पन्न भई सकेको छ । त्यस्तै सो ट्रष्ट भवन पार्टिसन तथा शौचालय निर्माण गर्न अध्यक्ष मे.ललित बहादुर गुरुङ्गले l Hands Together मार्फत रु दश लाख आर्थिक सहयोग गर्नुभएको छ । 

वि.स. २०७९/०४/१९ देखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षको कार्यभार लक्षिन गुरुङ्गले सम्हाल्दै आउनुभएको छ भने शिक्षक अभिभावक संघको अध्यक्षमा आई बहादुर गुरुङ्ग हुनुहन्छ । टाढा–टाढा बाट आउने विद्यार्थीहरुलाई विद्यालय आउन जान निकै कठिन भएको महसुस गरि WRC पोखराका सह प्राध्यापक कृष्ण प्रसाद भण्डारीको नेतृत्वमा नेपाल Children Overlack Foundation ले करिब रु १५,००,००० आर्थिक सहयोग गरी वडा नं.१० को वडा कार्यलय नजिक एउटा र विद्यालय कम्पाउण्ड एउटा गरी दुईवटा शौचालय, १० ओटा दुईतले खाट तथा विद्यालय आवासको लागी कोठा मर्मत तथा रङ्गरोगन गरी २० जना विद्यार्थीको लागी आवास निर्माण भएको छ । जसले टाढा–टाढा बाट आउने विद्यार्थीको समय बचत भई सिकाइको स्तर वृद्धि हुने अपेक्षा गरिएको छ । 

यसरी वि.स. २००६ सालदेखि हालसम्म विद्यालयलाई प्रत्यक्ष वा परोक्ष रुपमा कुनै न कुनै पदमा रहेर वा नरहेर जुनसुकै रुपमा भए पनि योगदान दिनहुने स्वदेशी तथा विदेशी महानुभावहरुलाई विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

#
#
#
#
#
#
#
#
#
#

Board Members

#

Lachhin Gurung (Chairman)


Our Teachers

Non-teaching Staffs